नेकपा र नेकपा माओवादी बीच पार्टी एकता हुने

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (शुसिल) नेतृत्वको माओवादी समाजवादी पार्टी बिच चैत १ गते एकताको घोषणा गर्ने कार्यक्रम रहेको नेकपा स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिएका छ्न ।

काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा दिउँसो २ बजे पत्रकार सम्मेलन गरी एकताको घोषणा गर्ने जानकारी दिइएको छ।

विचार, राजनीति , कार्यदिशा, संगठन र बर्तमान परिस्थितिको मुल्यांकनमा समान धारणा र बुझाई रहँदै आएका थियो । यी दुई पार्टी बिच विगतमा सहकार्य र कार्यगत एकता हुँदै आएको थियो।

अन्य कम्युनिस्ट पार्टीहरुसंग पनि एकता, कार्यगत एकता र ध्रुवीकरणको कार्यक्रमलाई तीव्रता दिंदै जाने योजना रहेको नेकपा स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation