ठूला दलका विद्यार्थी संगठनको निद हराम गर्दै अखिल क्रान्तिकारी विप्लव

धनगढी । विद्यालय तहसम्म अध्ययन सकेपछि कैलालीको गौरिगङ्गा नगरपालिका ४ कि पवित्रा भण्डारी स्नातक तहमा अध्ययन गर्न चाहान्थिन् । घरको आर्थिक अवस्था र नजिक क्याम्पस नहुँदा उनले आफ्नो अध्ययनलाई कक्षा १२ मै बिट मार्नुपर्यो ।२०७० सालमा गौरिगङ्गा ८ कि सुनिता नेपालीले विवाह गरेर आएपछि आफ्नो पढ्ने चाहनालाई अगाडी बढाउन सकिनन् ।

२०७० सालमा चौमालामा चौमाला बहुमुखी क्याम्पस स्थापना भएपछि भने यस क्षेत्रका छोरीबुहारीले आफ्नो घरआँगनमै अध्ययन गर्ने अवसर पाएका छन् । कैलाली जिल्लाको गौरिगङ्गा नगरपालिकास्थित रहेको सामुदायिक क्याम्पस चौमाला बहुमुखी क्याम्पस जहाँ ८० प्रतिशत महिला विद्यार्थी अध्ययन गरिरहेका छन् ।

क्याम्पसको शुरूवातदेखि नै छोरी बुहारीको अध्ययन गर्ने क्याम्पसका रूपमा स्थापित हुन गएको क्याम्पसका सह प्राध्यापक रमेशप्रसाद भट्टले जानकारी दिए । क्याम्पसका साढे चार सय विद्यार्थी मध्ये अधिकांश विद्यार्थी महिला रहेको समेत उनले बताए ।

क्याम्पसले स्ववियु निर्वाचन प्रयोजनका लागि जारी गरेका ३९५ मतदाता विद्यार्थी मध्ये ३१५ जना विद्यार्थी महिला रहेको चौमाला बहुमुखी क्याम्पस स्ववियु निर्वाचनका निर्वाचन समिति प्रमुख रमेशप्रसाद भट्टले जानकारी दिए।

ठुला दलका विद्यार्थी संगठन जसले महिलालाई अवमूल्यन गरे

असी प्रतिशत महिला विद्यार्थी अध्ययनरत रहेको क्याम्पस भएपनि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन जसले असी प्रतिशत महिला विद्यार्थीलाई अवमूल्यन गरे । ने वि संघ, अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनमा उम्मेदवार उठाउँदा भने पुरुष उम्मेदवारलाई चयन गरेका छन् ।

स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी विप्लवले भने आफ्नो प्यानलबाट मुख्य पदसहित अधिकांश उम्मेदवार महिला विद्यार्थीलाई उठाएको छ । उनिहरूले उठाएका पुरुष उम्मेदवारले पनि महिलाप्रतिको बुझाइ कस्तो छ भन्ने स्पष्ट पारेको अखिल क्रान्तिकारी विप्लव निकट सभापतिकि उम्मेदवार बिन्द्रा जोशीले बताइन् । परम्परागत संसदीय पार्टी मात्र होइन महिला समानताको नारा लगाएर नथाक्ने माओवादी समेतले पुरुष उम्मेदवार उठाएर महिला माथि अन्याय गरेको कोषाध्यक्ष पदकि उम्मेदवार कौशिला नेपालीको धारणा छ ।

अखिल क्रान्तिकारी विप्लवले सभापति लगायत अधिकांश उम्मेदवार महिला उठाएर महिला विद्यार्थीको सम्मान गरेको सचिव शारदा बमको बुझाइ छ । अखिल क्रान्तिकारी विप्लवको तर्फबाट बिन्द्रा जोशीको नेतृत्वमा सक्षम , जुझारू र सृजनशील महिला विद्यार्थीको टिम रहेको र प्यानलको विजय सुनिश्चित रहेको समानुपातिक तर्फ उम्मेदवार रहेका उत्तम रसाइलीले दाबी गरे । आफ्नो टिमको सशक्त उम्मेद्वारीले अन्य संगठनको नीद हराएको बुझाइ छ सदस्य पद की उम्मेदवार चित्रा विष्टको ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation