विभेद विरुद्ध सशक्त संघर्ष गर्ने – रामलाल सी

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी.ले जातका आधारमा गरिने सम्पुर्ण विभेद विरुद्ध सशक्त संघर्ष गर्नुपर्ने बताएका छन् । बिहिबार सुर्खेतमा बसेको मोर्चा, मध्य-कर्णाली ब्युरो बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेकपा मध्य कर्णाली ब्यूरो इन्चार्ज  विवेक सी.ले २१औं शताब्दीको आधुनिक प्रविधिको युगमा पनि मान्छेले मान्छेलाई नै अमानवीय व्यवहार गर्नु लज्जास्पद विषय भएको बताएका छन् ।  वर्गीय ,जातीय ,लिङ्गीय ,मुक्तिको लागि  एकपटक क्रान्तिको आवश्यक भएको उनको जिकिर छ  । क्रान्तिमा सहभागी हुनका निम्ति सबै श्रमिक जनसमुदायलाई उनले आग्रह समेत गरेका छन् ।

जातीय विभेद विरुद्ध सशक्त संघर्ष गर्ने, ब्यूरो अन्तर्गत जिल्लामा व्यापक संगठन निर्माण गर्ने लगायत महत्वपूर्ण निर्णय गर्दै बैठक  सम्पन्न भएको छ । सरोज सी.को अध्यक्षतामा बसेको बैठकमा पार्टी केन्द्रीय सदस्य ध्रुव सी., केन्द्रिय प्रतिनिधि सदस्य तथा सुर्खेत जिल्ला सचिव जीत सी.को समेत उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation