डोटी । डोटीजिल्ला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमय बन्दै गएको कुरा बताइएको छ । नेकपा जनताको हित र अधिकारको लागि लडिरहेकोले साथ दिनुपर्ने भन्दै डोटी जिल्लाका १२ जना युवाहरु आज पार्टीमा समाहित भएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा घरदैलो भेटघाटको क्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज सुशील सी.ले पछिल्लो चरणमा दलाल, भ्रष्ट व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । वैज्ञानिक समाजवाद स्थापनाका निम्ति सबैले एकीकृत जनक्रान्तिलाई साथ दिनुपर्नेकुरामा उनले जोड दिए ।
पछिल्लो चरणमा लघुवित्त, मिटरब्याजीको आतंक, बैंकको चर्को ब्याजदर, सिमा अतिक्रमण, राष्ट्रियता र एमसिसी विरुद्ध डटेर लड्ने एक मात्र नेपाल कम्यूनिष्ट पार्टी भएकोले उक्त पार्टीमा समाहित भएको युवाहरूले बताए । कार्यक्रम डोटी जिल्ला सचिव मोहन सी.को नेतृत्वमा सम्पन्न भयो ।