अभियात्रा टिमको धनगढीमा पत्रकार सम्मेलन

कैलाली । “राष्ट्रका लागि संगीत अभियात्रा” टिमले आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा अभियात्राको महत्त्व र उद्देश्यबारे स्पष्ट पार्ने काम भएको छ ।

अभियात्रा टिमका सदस्य, पूर्व मन्त्री, चर्चित जनवादी कलाकार मणि थापाले अहिले देशको अवस्था कङ्गाल हुनु वामपन्थीरु टुटफुटको कारण बताएका छन् । परिवर्तनका खातिर देशको उच्च तहका राजनितिक दलको ध्यानाकर्षण गर्नको लागि एक मात्रै विकल्प संगीत र साहित्य हो भन्ने कुरा थापाले स्पष्ट पारेका छन् । कलाकार र पत्रकार जहिले पनि राज्यको विपक्ष हुने भएकोले खबरदारीका निम्ति संगीत र साहित्यको महत्त्वपूर्ण भूमिका रहनेमा उनले जोड दिए ।

नेकपा नेता तथा जनवादी कलाकार चिरन सी.ले पछिल्लो चरणका महोत्सवहरु उद्योग वाणिज्य संघले व्यवसायको फाइदा र प्रवर्द्धन नभएर कलाकारहरू आएर केही भत्ता, रुपैंया लगेर जाने तरिका मात्रै भएको बताए । मेला र महोत्सवमा वामपन्थी संसद, मन्त्री उपस्थित भएर अश्लील गीतहरु गाउने कलाकारहरु बोलाएर अश्लील गीतमा झुमीझुमी नाच्ने गरेको कुरा बताए ।

देश बदल्नको लागि ज्यान दिन तयार जनवादी कलाकारहरुलाई कुनैपनि मेला महोत्सवमा समय नदिएर जनवादी, राष्ट्रवादी कलाकारहरूको अपमान गरेको बताउनुभयो । देश विघटनको कुरा नगर, पार्टी विगठनको कुरा नगर, टुटफुटको कुरा नगर एकताको कुरा गर भन्ने जस्ता गीतहरू पाठ्यक्रममा समावेश हुनुपर्ने समेत उनले बताए ।

ज्योति मगर जस्ता छाडा कलाकारहरुले नाईटो देखाउदै देशको हितको विपरीत उच्छृङ्खलता प्रदर्शन गर्ने कार्यलाई बढावा दिनु दु:खद कुरा रहेको उनले बताए । गणतन्त्र ल्याउनका निम्ति योगदान गरेका कलाकारहरुलाई राज्यले सम्मान र संरक्षण दिन नसकेकोले संगीत अभियान सञ्चालन गर्नुपरेको उनले स्पष्ट पारे ।

परिवर्तनकारी कलाकारहरु संसददेखि सडक – बस्तीसम्म क्रियाशील छन् । विशेषत: विद्रोहमा रहेको विप्लव नेतृत्वको नेकपाले देशभर निरन्तर सांगीतिक कार्यक्रम गरिरहेको छ । त्यसैगरी विभिन्न कम्युनिस्ट, वामपन्थी पार्टी निकटका जनवादी कलाकारहरु अहिले संयुक्त रूपमा सांगीतिक अभियानमा जुटिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation