
नेपाली लोकदेउडा सांगीतिक यात्रामा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका (आफुलाई भुईँ सर्जक भन्न रुचाउने ) अनिपाल कार्की ‘सुप्रिम’ले हालै आफ्नो नयाँ मौलिक गीत (तीन टुक्के) लौ लौ (Lau Lau) लाईभ देउडा सार्वजनिक गरेका छ्न ।
उक्त देउडा ANIPAL KARKI (SUPREME) Youtube channel मार्फत सार्वजनिक गरेका हुन । आफ्नै शब्द , स्वरमा सुदुर बाजुराकि नव उदित गायिका रोशनी रोकायाले साथ दिएकी छन् ।
गितले प्रेम जोडीको पश्चाताप लाई भावुकताका रूपमा प्रस्तुत गरिएको छ । उनका हरेक शब्द सिर्जनामा दर्शक श्रोताहरूको रुचि निकै नै बढेको देखिन्छ ।
उनी आफैं पनि लाईफ देउडामा तेह्र वर्षको उमेर देखि अब्बल साबित भै सकेका पात्र हुन् । स्थानीय देउडा क्षेत्रमा पनि अब्बल पहिचान स्थापित गरिसकेका छ्न । साहित्यिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्र एवं समाज रूपान्तरणका लागि पनि उत्तिकै सक्रिय छन् ।
भुईँबाटै संघर्ष गर्दै स्थापित हुँदै आएका कार्कीले यसअघि दर्जनभन्दा बढी सिर्जनाहरू डिजिटल बजारमा ल्याइसकेका छन् । गित संगितमा मौलाएको विकृतिलाई निरुत्साहित गर्दै, देउडा, लोकधुन गाउँ घरका कथा भूगोल बस्तिका कथा, समाजका राम्रा नराम्रो परिघटना, प्रेमका कहानि गरिब दुखीहरुका वेदना, समसामयिक कथावस्तुलाई आत्मासम्मिलित शैलीमा प्रस्तुत गर्ने उनको शैली प्रशंसनीय छ । यसले परम्परागत शैलीका स्थानीय कला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने दर्शक स्रोताको भनाइ छ ।
अहिले पछिल्लो समयमा लाईभ देउडा रेकर्डिङ पश्चिम् नेपालका जिल्लाहरुमा विशेष गरि कर्णाली र सुदुरमा एक अभियान जस्तो देखिँदा गित लेखनको माग बढेकोले कार्की पछिल्लो समय निकै व्यस्त सर्जकको रुपमा स्थापित छन् । उनलाई शब्द सिर्जना गर्न भ्याइनभ्याई छ । बजारमा उनका शब्दको मागले उनी झन लोकप्रिय सर्जकको रूपमा स्थापित हुँदै गएका छन ।
उनका दर्जनौं सिर्जनाहरु अन्य कलाकारहरुको channel मा पनि देख्न सकिन्छ भने उहाँको आफ्नै फेसबुक र युटुव च्यानलमा देख्न सकिन्छ । उनका
शब्द शब्दमा आफ्नो पन मौलिकता झल्काउने , यथार्थमा आधारित घटनाक्रमलाई संगित मार्फत देखाइएको पाइन्छ । भुईँबाट उदाएका सर्जकको यस्तो प्रस्तुति गर्व लाग्दो छ”।
उनी आफू मात्र नभई सबैलाई अगाडि बढाउने प्रयत्नमा निकै लागेको देखिन्छ । यसअघि पाल्पाका प्रिन्स सुनारलाई पनि आफै काठमाडौँ ल्याएर गीत गाउने अवसर दिएका थिए । पहिलो गीत बहुचर्चित गायिका इप्सल सन्जेलसँग सहकार्य गरी प्रिन्सलाई कलाकारिता क्षेत्रमा प्रवेश गराएका हुन् । आफ्नी धर्मपत्नीअप्सरा अधिकारी (कार्की) लाई समेत यो क्षेत्रको अन्धविश्वास तोड्न लाइभ देउडामा हुम्लाका नवराज भण्डारी संग गाउन लगायका थिए । आफैले पनि अन्जु विश्वकर्मा संगिता बडुवाल लगायत चर्चित गायिकाहरूसँग स्वर दिएका छन् ।
आगामी दिनमा पनि गित शब्द लेखनलाई निरन्तरता दिने दर्शक श्रोता माझ नयाँ नयाँ सिर्जना दिने उनको चाहना रहेको बताउँछन् । पछिल्लो समय लोक देउडा क्षेत्रमा मौलाएको विकृति छाडा शब्द प्रयोगको अत्य गर्न देउडा प्रेमी कलाकार सर्जकहररुलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।
उनी भन्छन् : दर्शक श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु । यसले अझ हौसला प्रदान गरेको छ । आगामी दिनमा पनि माया र सपोर्ट गर्नुहुनेछ भन्ने आशा गरेको छु ।
https://www.youtube.com/@Lokdeuda74