इजरायलमा १० नेपालीको मृत्यु: सरकारले घोषणा गर्‍यो राष्ट्रिय शोक

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

‘यस अकल्पनीय घटनामा दिवंगत भएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ,’ पत्रकारहरूसँग उनले भनिन् । घटनामा निधन भएका १० जना नेपालीको शव तत्काल ल्याउने पनि उनले बताइन् ।

साथै मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

सरकारले इजरायलमा रहेका नेपालीहरूलाई उद्धार गरी स्वदेश ल्याउने निर्णय पनि गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation