एकमात्र विकल्प वैज्ञानिक समाजवाद

दश बर्षको बालिका बलात्कार हुन्छ । निर्मला पन्तकाे बलात्कार पछि हत्या हुन्छ ।  हजारौं चेलीहरुको बलात्कारपछि हत्या हुन्छ । पश्चिममा नवराज विश्वकर्मा जस्ता धेरै युवा साथीहरु प्रेम गरेकै कारण तड्पाई तड्पाई मारिन्छन् ।

ठूला भ्रष्टाचारका काण्डहरु ठप्प हुन्छन् । मेरो देशको छोरी चेलीहरुलाई दिउँसै विदेशी आएर बलात्कार गरेर मारेर जान्छन् । दिउसो देखेको जंगेपिलरहरु रातारात गायब भएर सीमा अतिक्रमण हुन्छ । विश्व सामु कृषिप्रधानको रूपमा चिनिएको हाम्रो देशमा विदेशबाट कुहिएको चामल  भित्रिन्छ ।

प्रहरी चौकीभित्रै लागू औषध बिक्रीवितरण हुन्छ । अस्पतालमा बिरामीलाई नयाँ जीवन दिने डाक्टरहरूको हातबाट बिरामीहरूको मृत्यु हुन्छ । बैंक तथा विभिन्न लघुवित्त र सहकारीहरुको कारणले गर्दा धेरै मानिसहरूले आत्महत्या गर्नु परेको छ । स्वदेशी नागरिकहरू विदेशमा बिक्री गरेर विदेशी नागरिकहरुलाई नेपालमा नागरिकता वितरण गरेर संसद भवनभित्र छिराइन्छ ।

विभिन्न अनलाइन बिजनेशको नाममा हजारौ नेपाली युवायुवतीहरुको लुटिन्छन् । महाकाली सम्झौता हुन्छ देसको सीमा अतिक्रमण हून्छ । कर्णाली सम्झौता गरेर कर्णालीको पानी विदेशीको हातमा पारिन्छ ।

अत्याचारको विरुद्ध लेख्ने पत्रकारहरुलाई कुटी कुटी मारिन्छ । मेरो देशको सिमा अतिक्रमण नगर्न भन्दै आवाज उठाउने जयसिंह धामी जस्ता युवाहरुलाई रातारात मारेर विदेशीद्वारा लास गायब पारिन्छ । सोझासाझा जनताका छोराछोरी पढ्न नपाएर खाडी मुलुकतिर सारिन्छ ।

दलाल भ्रष्टाचारीका छोराछोरीहरु अमेरिका, अष्ट्रेलिया, युरोपतिर पढ्नको लागि सारिन्छ । नेता र कर्मचारीका छोराछोरीहरु पढ्नको लागि बोडिङ स्कुलतिर हालिन्छ । मेरो देशको चेलीहरुलाई बलात्कार गरेर विदेशमा तड्पाई तड्पाई मारिन्छ तर कहिल्यै चल्दैन मेरो देशको हतियार कहिल्यै चल्दैन मेरो देशको आर्मीको गोली । कहिल्यै चल्दैन मेरो देशको पुलिसको गोली । गोली कहिले चल्दैन मेरो देशको सशस्त्रको गोली ।
गोली चल्छ त केवल विप्लव जस्ता राष्ट्रप्रेमी देशभक्तहरुको पार्टी नेताकार्यकर्ता माथी । जसले मेरो छोरीचेलीहरुलाई बिक्री नगर, मेरो देशको सिमाना नमिच, मेरो देशको युवाहरु खाडी मुलुकतिर बिक्री नगर, मानिस मानिसहरुबीच विभेद नगर, राष्ट्रको अर्थतन्त्रमा नष्ट हुने  विदेशी कम्पनी एनसेललाई नेपालमा अनुमति नदेउ,  राष्ट्रघाती एमसीसी पास नगर, देशको युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण बनाउ, नेपालमा सम्पूर्ण कुराहरूको उत्पादन गरौं, हत्याहिंसा, बलात्कार, अपराध गर्ने व्यक्तिहरुलाई कारवाही गर, सिमानामा आँखा गाड्नेहरुको आँखा तोडौ, करोडौँको संख्यामा रहेका विदेश नगएका युवाहरुलाई नेपालमा रोजगारको व्यवस्था मिलाउने, नेपाललाई वैज्ञानिक देश बनाऊ, विज्ञान र प्रविधिको प्रयोग गरौं, नेपाली जनतालाई शिक्षा, स्वास्थ्य, रोजगार, गास, बास, कपासको व्यवस्था गरौं, भनेर आवाज उठाउँदै गर्दा गोलि चलाइन्छ ।

हजारौ व्यक्तिहरूलाई झुटा मुद्दा लगाए, कतिपय व्यक्तिहरुलाई हिरासत भित्र कुटीकुटी मारेर भाग्न खोज्दा मारेको भनेर जवाफ दिने । अन्धो कानून अन्धो व्यवस्था अन्धो सरकार । अहिलेको अवस्थामा जुन भइराको छ यो संसदीय व्यवस्थामा यसरी नै चली राख्नेछ ।

कुनै दिन विश्वमा नझुक्ने वीर गोर्खालीका सन्तानहरुले पुर्वको टिस्टा देखि पश्चिमको कांगडासम्म हाम्रो देशको सीमाना र हाम्रो देशको क्षेत्रफल खोज्ने समय हुँदै गर्दा तिमीहरुले त विभिन्न सम्झौतामा बिक्री गरिसकेका छौ । यो कुराहरूको एकमात्र विकल्प भनेको नेपाल कम्यूनिष्ट पार्टीले संश्लेषण गरेको एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । तबमात्र नेपालमा नयाँ सिस्टममा अघि बढ्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation